NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते
अदालतको फैसलापछि ढुंगानाको प्रतिक्रिया

‘ठगी गर्ने रिसोर्टविरुद्धको मुद्दा जितियो’

काठमाडौं । होटल, रेस्टुरेन्ट र रिसोर्टहरूले सर्भिस चार्जका नाममा अतिरिक्त सेवा शुल्क लिएकोविरुद्ध हालेको मुद्दा जितेपछि उपभोक्ता मदन ढुंगानाले खुसी व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लेखेका छन्, ‘ठगी गर्ने रिसोर्टविरुद्ध मुद्दा जितियो ।’

होटल रेस्टुरेन्ट र रिसोर्ट व्यवसायीहरूले कानुन मिचेर जनतालाई ठगी रहेको ढुंगानाले काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेका थिए ।

अदालतले उनको पक्षमा अर्थात होटल, रेस्टुरेन्ट र रिसोर्टहरूले सेवा सेवा लिन नपाउने फैसला गरेको छ ।

न्यायाधीश वासुदेव पौडेलको इजलासले रेस्टुरेन्ट, होटल तथा रिसोर्टहरूले मेनुमा उल्लेख भएकोभन्दा थप रकम लिन नपाउने फैसला गरेको हो ।

‘ग्राहकलाई सेवाउपभोक्ता संरक्षण ऐन, ०७५ र मूल्य अभिवृद्धिकर नियमावली २०५३ मा वस्तु वा सेवाको मूल्य गणना गर्दा वा उल्लेख गर्दा अन्तिम उपभोग्य मूल्य उल्लेख गर्नुपर्ने भनिएको छ । यदि, कुनै वस्तु वा सेवामा सर्भिस चार्ज र भ्याटसमेत लाग्ने हो भने सर्भिस चार्ज र भ्याट जोडी हुन आउने अन्तिम मूल्य कायम गर्नुपर्ने कानुनी व्यवस्था छ । तर अधिकांश रेष्टुरेण्ट, होटल र रिसोर्टले त्यसो गरेका छैनन्,’ फैसलाको स्वागत गर्दै उनले लेखेका छन् ।

व्यवसायीहरूले ग्राहकलाई यसअघि कसरी ठगिरहेका थिए भनेर ढुंगानाले फेहरिस्तसमेत प्रस्तुत गरेका छन् ।

‘चिकेन मम २०० रुपैयाँ भनेर खायो तर त्यसमा १० प्रतिशत सेवा शुल्क जोडेर हुन आउने २२० मा १३ प्रतिशत भ्याट जोडेर २४९ रुपैयाँको बिल ल्याउँछ । यो त अति भयो भनेर म आँफैले काठमाडौं जिल्ला अदालतमा ठगी विरुद्ध उपभोक्ता अदालत अन्तरगत मुद्दा दायर गरेको थिएँ,’ उनले भनेका छन्, ‘काठमाडौं जिल्ला अदालतले बूढानीलकण्ठमा रहेको ग्रिन भ्याली रिसोर्टले ठगी गरेको ठहर गर्दै बढी लिइएको ३०७८ रुपैयाँ र क्षतिपूर्तिवापत १० हजार रुपैयाँ उपभोक्ता (म आँफैं)लाई भराउने निर्णय गरेको छ । फैसला यहीँ राखेको छु । धेरैका लागि सन्दर्भ सामग्री बन्न सक्छ ।’

अब होटल, रेस्टुरेन्ट र रिसोर्टले ग्राहकसँग अतिरिक्त सेवा शुल्क लिन नपाउने