NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

राष्ट्रपतिले दशैंमा टीका लगाइदिने, मर्यादित पोशाक लगाउनुपर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वडादशैंं २०७९ मा टीका लगाइदिने भएकी छिन् ।

असोज १९ गतेको विजया दशमीका दिन उनले सर्वसाधारणलाई टीका लगाइदिने राष्ट्रपतिको कार्यालय शीतल निवासले जनाएको छ ।

प्रवक्ता सागर आचार्यले बिहीबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिबाट टीका ग्रहण गर्न इच्छुक सर्वसाधारणले अपरान्ह ३ बजेदेखि ५ बजेसम्म शीतल निवासमा उपस्थिति जनाउन सक्ने बताएका छन् ।

साथै, इच्छुक उच्च पदस्थ पदाधिकारीहरू, मन्त्रीहरू, प्रदेश प्रमुखहरू, पूर्वसांसदहरू, संवैधानिक निकायका प्रमुखहरूलगायत विशिष्ट व्यक्तिका लागि त्यस दिन दिउँसो २ देखि ३ बजेसम्म राष्ट्रपति भण्डारीले टीका लगाउने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।

टीका ग्रहणका लागि मर्यादित पोशाक लगाएर १ नम्बर प्रवेशद्वारबाट प्रवेश गर्नुपर्ने छ । तर, मर्यादित पोशाक के भन्ने चाहिँ खुलाइएको छैन ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै जसपाका कार्यकर्ताले जलाए राष्ट्रपतिको पुत्ला