NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

अडानी समूहको अर्को ठूलो निर्णय : डीबी पावरपछि अब पिटिसी इन्डियासँगको सम्झौता फिर्ता

एजेन्सी । अडानी समूहमा अमेरिकी अनुसन्धान फर्म हिंडनवर्गको प्रतिवेदनको प्रभाव घटिरहेको छैन । प्रतिवेदन सार्वजनिक भएयता दिनप्रतिदिन अडानी समूहको सेयरमा भारी गिरावट जारी छ ।

सेयरमा आएको गिरावटका कारण गौतम अडानीको नेटवर्थ ५० अर्ब डलरभन्दा तल झरेको छ । उनी अब भट्टाभट नयाँ डिलबाट टाढिँदै छन्। भर्खरै अडानीले डिबी (DB) पावरसँगको सम्झौतामा ब्रेक लगायो । अब उनले पिटिसी इन्डिया (PTC India) सँगको सम्झौता पनि फिर्ता लिएको छ ।

अब अडानी समूहले नयाँ डिलभन्दा पनि ऋण तिर्नदेखि नगद बचत गर्ने कुरामा ध्यान केन्द्रित गरेको छ ।

शेयर बिडिङ योजना रद्द

बिजनेश टुडेको रिपोर्टअनुसार अदानी समूहका अध्यक्ष गौतम अडानीले सोमबार पावर ट्रेडिङ कर्पोरेशन लिमिटेड (पीटीसी) को शेयरको लागि बोलपत्र नगर्ने निर्णय गरेको हो ।

यसअघि आएको रिपोर्टका अनुसार अडानी समूहले पीटीसी इन्डिया लिमिटेडमा सेयर लिन इच्छुक देखाएको थियो । तर अहिले परिस्थिति बदलिएको र समूहको सम्पूर्ण ध्यान नगद बचतमा केन्द्रित भएकाले विस्तार योजनामा ​​नजाने निर्णय गरिएको जनाइएको छ ।

७००० करोडको थियो डीबी सम्झौता

भर्खरै मात्रै अडानी पावर र डीबी पावरबीच लगभग सात हजार करोडको सम्झौता तोडिएको हो । अगस्ट २०२२ मा, यो सम्झौता शेयर बजारलाई सूचित गरिएको थियो । तर हिंडनवर्गको रिपोर्टपछि अडानी समूह घाटामा गएको कारण उक्त समूहले डीबी पावर बेच्ने निर्णय गरेको हो । अहिले समूहले अर्को ठूलो डिललाई ‘नो’ भनेको छ । यद्यपी अदानी समूहले यसबारे कुनै आधिकारिक बयान भने जारी गरेको छैन ।