NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

‘प्रभु स्मार्ट फन्ड’ को इकाइमा आवेदन दिने समय थप

काठमाडौं ।  ‘प्रभु स्मार्ट फन्ड’ को इकाइमा आवेदन दिने समय थप भएको छ । अब सो इकाइमा फागुन २८ गतेसम्म आवेदन दिन सकिने प्रभु क्यापिटलले जनाएको छ ।

कम्पनीले फागुन १८ गतेबाट बिक्री खुला गरेको हो । प्रभु क्यापिटलले प्रभु म्युचुअल फन्डअन्तर्गत प्रभु स्मार्ट फन्डको कुल ८ करोड इकाई निष्कासन गरेको हो ।

जसमध्ये १४५ अर्थात १ करोड १२ लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकलाई र १५ अर्थात ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ६ करोड ८० लाख इकाईका लागि सर्वसाधरणले आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ ।

‘प्रभु स्मार्ट फन्ड’ को आजदेखि बिक्री खुला

 

प्रभु क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको इकाई बिक्रीमा ल्याएको हो । फन्डमा न्यूनतम १०० रूपैयाँदेखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सकिन्छ ।

यो १० वर्षे बन्दमुखी योजना हो । यसमा फागुन २३ गतेसम्म आवेदन दिन सकिन्छ ।