NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कांग्रेस दाई–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ : स्वर्णिम वाग्ले

काठमाडौं । अर्थशास्त्री एवं कांग्रेसका नेता डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कांग्रेस परित्याग गरेको घोषणा गरेका हुन् ।

‘५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु। त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक(सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें’, उनले लेखेका छन्, ‘विशेषतः योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ। तर पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।’

उनले अब कांग्रेस–कम्युनिस्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्ने उल्लेख गरेका छन् । साथै उनले सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने घोषणा गरेका छन् ।

पार्टी परित्यागअभि वाग्लेले महामन्त्री द्वय गगन थापा, विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य द्वय डा. शेखर कोइराला र डा. गोविन्द पोखरेललाई म्यासेजमार्फत देउवा–आरजु गिरोहका कारण आफू कांग्रेसमा रहन नसक्ने सन्देश पठाएका थिए ।

कांग्रेस शीर्ष नेतालाई स्वर्णिमको सन्देश : देउवा–आरजु गिरोहका कारण कांग्रेसमा रहन सकिँन

तनहुँ–१ मा रास्वपाको उम्मेदवार स्वर्णिम वाग्ले !