NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कांग्रेस त्यागेका स्वर्णिम खोज्दै महामन्त्री गगन र विश्वप्रकाश

काठमाडौं । कांग्रेसका शीर्ष नेतालाई पार्टीबाट अलग भएको म्यासेज गरेका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले अहिलेसम्म नेताहरूको सम्पर्कमा आएका छैनन् ।

सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणाका गिरोहका अपमानका कारण आफू पार्टीमा रहन नसकेको महामन्त्री द्वय गगन थापा, विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य द्वय डा. शेखर कोइराला र डा. गोविन्द पोखरेललाई म्यासेज गरेका थिए ।

उनका म्यासेज डेलिभर भए लगत्तै महामन्त्री द्वय थापा र शर्माले वाग्लेलाई आफ्नो निर्णयमा पुनर्विचार गराउन सक्रिय रहेपनि असफल भएको डा.पोखरेलले जानकारी दिए ।

‘उहाँको म्यासेज पाए लगत्तै हामीले सम्पर्क गर्न धेरै प्रयास गर्यौं तर सफल भएनौं । आफ्नो निर्णयमा पुनर्विचार गराउने प्रसाय जारी छ’, उनले भने ।

पार्टीको सम्पर्कमा नआएका वाग्लेले सामाजिक सञ्जाल फेसबुकमार्फत लामो ‘स्टाटस’ राख्दै आफूले कांग्रेस परित्याग गरेको घोषणा गरेका छन् ।

कांग्रेसको निर्वाचन घोषणापत्रका मस्यौदाकारसमेत रहेका वाग्लेले पार्टी परित्याग गरेपछि कांग्रेसमा ठूलै हलचल भएको छ । वाग्लेलाई मनाउनका लागि थापा, शर्मा, कोइराला, पोखरेल लगायत नेताहरू सक्रिय भएका छन् ।

कांग्रेस दाई–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ : स्वर्णिम वाग्ले