NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

युद्धले दिएको चोटमा मल्हम लगाउने आशा जब एउटा आत्मघाती गोलले तोडिदियो

काठमाडौं । रुसको आक्रमणबाट आक्रान्त भएको युक्रेनको राष्ट्रिय फुटबल टोली विश्वकपमा छनोट भएर जनताको चहराइरहेको घाउमा मल्हम लगाउन चाहन्थ्यो तर त्यो पूरा हुन पाएन ।

गएराति भएको युरोपियन प्ले अफको अन्तिम खेलमा युक्रेन वेल्ससँग पराजित हुँदै विश्वकपमा छनोट हुनबाट असफल रह्यो ।

युक्रेनलाई हराउँदै वेल्स ६४ वर्षपछि विश्वकपमा – NepalWatch

युक्रेनलाई विश्वकपमा पुर्याउनबाट आत्मघाती गोलले राेक्यो । आन्द्रेई यार्मोलेन्को ३४ औँ मिनेटमा आत्मघाती गोल गर्न पुगेका थिए ।

वेल्सका कप्तान ग्यारेथ बेलको फ्रि–किक क्लियर गर्ने क्रममा हेडमार्फत आत्मघाती गोल हुन पुगेको थियो । अन्ततः सोही गोल युक्रेनलाई विश्वकपमा छनोटबाट रोक्ने कारक बन्यो

वेल्सको कार्डिफमा भएको खेलपछि युक्रेनी खेलाडीहरूले आँखाभरी आशुँ पारेर आफ्ना समर्थकलाई अभिवादन गरेका थिए । त्यसले दर्शकसँगै सिंगो विश्वलाई भावुक बनाएको थियो ।

Ukraine Wales football World Cup

फ्रेब्रअरी २४ मा रुससँग युद्ध सुरु भएसँगै युक्रेनको क्लब फुटबलसमेत ठप्प भएको छ । यसबीचमा कतिपय खेलाडी खेल्न छोडेरै युद्धमा होमिएका थिए । केही खेलाडीको मृत्युसमेत भएको थियो ।

राष्ट्रिय टोलीले खेल्न लागेको विश्वकप छनोटका प्ले अफ पनि रोकिएर झण्डै तीन महिनापछि सरेको हो ।

जुन १ मा भएको प्ले अफको सेमिफाइनलमा स्कटल्याण्डलाई हराएसँगै युक्रेन फाइनलमा पुगेको थियो । तर, फाइनलमा वेल्ससँग पराजित हुन पुगेको छ । यससँगै, विश्वकपमा छनोट भएर युद्धको घाउमा मल्हम लगाउने युक्रेनी खेलाडीको आशा सकिएको छ ।

कतार विश्वकपमा अझै दुई टोली छनोट हुन बाँकी, यी हुन् छानिएका ३० राष्ट्र – NepalWatch