NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

जापानी पूर्वप्रधानमन्त्री शिन्जो आबेको बौद्ध गुम्बामा अन्तिम संस्कार

टोकियो । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्टि मंगलबार टोकियोको एक बौद्ध मन्दिरमा कडा सुरक्षाबीच गरिने भएको छ । शुक्रबार चुनावी प्रचारप्रसार कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनको हत्या भएको थियो ।

सोमबार, शिन्जो आबेको परिवार र नजिकका साथीहरूले प्रार्थना सभा गरेका छन् । उक्त बैठकमा जापानी प्रधानमन्त्री फुमिया किशिदा र अमेरिकी अर्थमन्त्री जेनेट येल्यान्डलगायत करिब साढे दुई हजार मानिस सहभागी थिए ।

नारा सहरमा चुनावी प्रचारप्रसारका क्रममा भाषण गरिरहेका बेला आबेलाई पछाडिबाट गोली हानिएको थियो । जापान टाइम्सका अनुसार आबेको घाँटीमा चोट लागेको थियो र उनको छातीभित्र आन्तरिक रक्तस्राव भएको थियो ।

प्रहरीले घटनास्थलबाट ४१ वर्षीय संदिग्ध आक्रमणकारीलाई पक्राउ गरेको छ । जापानी सञ्चारमाध्यमका अनुसार आक्रमणकारी सामुद्रिक सेल्फ डिफेन्स फोर्सका सदस्य हुन् । संदिग्ध आक्रमणकारीको पहिचान तेत्सुया यामागामीको रूपमा गरिएको छ । उनी नारा सहरका बासिन्दा हुन् ।

जापानको राज्य प्रसारक एनएचकेका अनुसार आक्रमणकारीले हातले बनाएको बन्दुकले गोली हानेका थिए । प्रहरीले शंकास्पद आक्रमणकारीको घरमा छापा मार्दा त्यहाँबाट पनि विस्फोटक पदार्थ बरामद भएको थियो ।

जापानका पूर्वप्रधानमन्त्री आबेको राजनीतिक यात्रा

जापानी पूर्वप्रधानमन्त्रीको हत्याबारे के भने विश्व नेताहरुले ?