NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

भाग्यमानी भट्टराई जसका ६ छोरी र पाँच ज्वाइँ छन् निजामती सेवामा

काठमाडौं । खोटाङको अर्को सिंगै परिवार पनि निजामती सेवामा छ । विदुरप्रसाद भट्टराई–गंगादेवी भट्टराईका ६ छोरी मात्र होइन, पाँचजना ज्वाइँ पनि सरकारी सेवामै छन् । तीन छोरी उपसचिव, दुई शाखा अधिकृत र एक नासु छन् । विदुरप्रसाद आफूले पनि ३६ वर्ष सरकारी सेवामा बिताएका हुन् । जेठी छोरी विष्णुकुमारी भट्टराई उद्योग मन्त्रालयमा उपसचिव छिन् ।

उनका पति चन्द्रप्रसाद फुँयाल भने उपसचिवबाट सेवानिवृत्त भइसकेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा उपसचिव रहेकी विन्दा आचार्य माइली हुन् । उनका पति गणेश आचार्य त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका उपसचिव हुन् । साइँली रमा भट्टराई दक्षिण कोरियास्थित नेपाली राजदूतावासमा श्रम सहचारी (उपसचिव) छिन् । उनका पति कोषहरि निरौला हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सहसचिव छन् ।

निजामती सेवामा ८६ हाकिम दम्पती

काइँली रेनु भट्टराई आन्तरिक राजस्व विभागअन्तर्गतको मध्यमस्तरीय करदाता कार्यालय, बबरमहलमा शाखा अधिकृत छिन् । उनका पति चिरञ्जीवी तिम्सिना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव हुन् । ठाइँली अनु भट्टराई नेपाल वायुसेवा निगममा नासु छिन् । उनका पति विनोद पराजुली भने सरकारी सेवामा छैनन् । कान्छी जुनु भट्टराई जिल्ला अदालत काठमाडौंमा शाखा अधिकृत हुन् भने उनका पति मिलन कार्की उद्योग विभागमा शाखा अधिकृत छन् ।

माइली विन्दा परिवारबाटै आफूहरूलाई सरकारी सेवामा आउन प्रेरणा मिलेको बताउँछिन् । उनका अनुसार बुबा विदुरप्रसादले ३६ वर्ष सरकारी सेवामै बिताए । ‘बुबा गृह मन्त्रालयअन्तर्गत ३६ वर्ष सरकारी सेवामा रहनुभयो,’ उनी भन्छिन्, ‘यसर्थ हामी सबैलाई सरकारी सेवामा आउन परिवारबाटै प्रेरणा मिल्यो ।’ करिब एक दशकअघि शाखा अधिकृतबाट बुबाले अवकाश पाएको उनले बताइन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

पाँच छोरा र चार बुहारी हाकिम, कान्छी बुहारी मन्त्री

भाग्यमानी भट्टराई जसका ६ छोरी र पाँच ज्वाइँ छन् निजामती सेवामा