आयोगको सुझाव : नियमित काम गरेवापत कर्मचारीलाई प्रोत्साहन भत्ता नदिऔं

काठमाडौं । पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगले कर्मचारीलाई गर्नैपर्ने नियमित काम गरेवापत प्रोत्साहन भत्ता नदिन सिफारिस गरेको छ ।
कार्यालयका नियमित प्रकृतिका कार्य, प्रक्रियाहरू तथा आचरणजस्ता विषय कर्मचारीका अनिवार्य काम हुन् । त्यसवापत प्रोत्साहन भत्ता दिने प्रचलन अनुचित रहेको आयोगले जनाएको छ ।
साथै १० बजे हाजिर हुने र पोशाक लगाउने कार्यलाई प्रोत्साहनको आधार बनाइनु नहुने आयोगको अडान छ । बरू सधैं पोसाक लगाउने र समयमै कार्यालयमा आउने, समयसम्म बस्ने कर्मचारीमात्र थप प्रोत्साहन भत्ताका लागि योग्य हुन्छ भनि त्यसलाई ‘थ्रेसहोल्ड’ को रूपमा राख्न सकिने आयोगको सुझाव छ ।
वस्तुनिष्ठ सूचकको आधारमा कार्यालयको परिणाम, कर्मचारीले सम्पादन गरेको व्यक्तिगत परिणाम , कर्मचारीले सम्पादन गरेको व्यक्तिगत परिणाम, सेवाप्रवाहको गुणस्तर, बजेटमा मितव्ययिता, नवीन खोज, समाजमा परेको प्रभाव तथा नागरिकको कार्यालयप्रतिको सन्तुष्टिसमेत समावेश गरी प्रोत्साहन भत्ता दिने जनाइएको छ ।
तोकिएको थ्रेसहोल्ड कायम गरेको या त्यो भन्दा बढी काम गरेको अवस्थामामात्रै तलबको १० प्रतिशत हुनेगरी प्रोत्साहन भत्ताको व्यवस्था गर्न सिफारिस गरिएको छ ।
ताजा अपडेट
-
दर्शकको रोजाइमा किन पर्छन् हास्यविधाका चलचित्र ?
-
भागबण्डाको उल्झनमा गठबन्धन : प्रधानमन्त्रीले १६ वटा मन्त्रालयको भारी कहिलेसम्म बोक्ने ?
-
जग्गाको कित्ताकाट गर्न घुस माग्ने दुईजना अख्तियारको फन्दामा
-
दार्चुलामा आयोडिन नुनको खपत बढ्दै
-
दुई महिनदेखि प्रशासन कार्यालय प्रमुखविहीन, सेवा प्रवाहमा समस्या
प्रतिक्रिया