खरिदार र नासु पदलाई पाँच वर्षभित्र ‘फेज आउट’ गर्न सुझाव

काठमाडौं । पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा बनेको उच्चस्तरीय तलब सुविधा आयोगले पाँच वर्षभित्र नायब सुब्बा , खरिदारजस्ता पदलाई ‘फेज आउट’ गर्न सुझाव दिएको छ ।
आयागले सरकारलाई खर्च कटौतीका उपायहरू सुझाउँदै यी पदहरूमा अब लोकसेवा आयोगबाट विज्ञापन नखुलाउन सुझाव दिएको हो ।
सेवा प्रवाह गर्ने कार्यालयहरू बाहेक संघीय मन्त्रालयमा यी पदमा विज्ञापन नखुलाउन र विस्तारै हटाउन भनिएको छ ।
हाल कार्यरत नायब सुब्बा, खरिदार, कार्यालय सहयोगी, हलुका सवारी चालकलगायतलाई संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा पूल दरबन्दीमा राख्न पनि आयोगको सुझाव छ ।
सेवा प्रवाह गर्ने कार्यालयहरूमा सेवाग्राहीको चापका आधारमा आवश्यक परी माग भएमा तत्काल सोही पूलबाट आपूर्ति गर्न सकिनेछ ।
प्रधानमन्त्री, मन्त्रीको सचिवालय, सचिव तथा विभागीय प्रमुखको कार्यकक्षमा काम गर्ने न्यूनतम कर्मचारी, कार्यालय सहयोगी, हलुका सवारी चालक, सत्कारका कर्मचारीबाहेकका सबै सहयोगी कर्मचारीलाई विस्तारै विस्थापन गर्दै अधिकृतमुखी सेवा बनाउने नीति लिन सुझाइएको छ ।
आयोगको सुझाव कार्यान्वयन भए कति पुग्छ सचिव र कार्यालय सहयोगीको तलब ?
मर्यादाक्रम र तलबमा छैन तालमेल, समायोजन गरे राज्यलाई ४ सय करोड भार
ताजा अपडेट
-
दुई महिनदेखि प्रशासन कार्यालय प्रमुखविहीन, सेवा प्रवाहमा समस्या
-
नेपाल लाइफका अभिकर्तालाई बुटवलमा अन्तराष्ट्रियस्तरको प्रशिक्षण
-
पाँच महिनादेखि मलेसियामा पाँच नेपाली अलपत्र
-
आइपिओ निष्काशन गर्दै भूगोल इनर्जी, कसले दिन पाउँछन् आवेदन ?
-
म्याद गुज्रिएका सामान बेच्ने दुई उद्योग सिल
प्रतिक्रिया