NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

फलफूलमा नुन या चिनी छरेर खानु हुन्छ कि हुँदैन ? 

एजेन्सी । धरैको बानी फलफूल वा सलाद खाँदा नुन तथा चिनी छर्केर खाने हुन्छ । यसले फलफूलको स्वाद पनि दोब्बर बढाउँछ । तर के तपाईलाई थाहा छ ? फलफूलमा यसरी नुन वा छर्केर खाँदा यसले स्वास्थ्यमा भने नोक्सानी पुर्याउँछ ।

विज्ञहरुका अनुसार काटिएको फलमा नुन छर्किएपछि पानी निस्कन थाल्छ । यसले फलफूलमा पाइने पोषक तत्व नष्ट गर्छ । अर्कोतर्फ नुनमा रहेको सोडियमले मृगौलालाई असर गर्छ ।

फलफूलमा चिनी छर्किनु पनि स्वास्थ्यका हिसाबले फलदायी हुँदैन । फलफूलमा प्राकृतिक मिठास हुन्छ । यसमा पाइने ग्लुकोजले क्यालोरी बढाउँछ। यस्तो अवस्थामा फलफूलमा चिनी मिसाउँदा शरीरमा चिनीको मात्रा बढ्छ ।

यसले मधुमेहको समस्या बढाउने जोखिम पनि उच्च गराउँछ । अत्यधिक चिनीले तौल पनि बढाउँछ । मधुमेहका बिरामीका लागि चिनी मिसाएर फलफूल खानु हानिकारक हुन सक्छ ।

साँझ हिड्नु शरीरलाई फाइदा

खाना ढिलो खाने बानी यसकारण हुन सक्छ घातक