NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

अर्जेन्टिनी मास्चेरानोका नजरमा ब्राजिल विश्वकपको छैटौंमात्रै दाबेदार, के छ जर्मनी र पोर्चुगलको अवस्था ?

काठमाडौं । एसियाली राष्ट्र कतारमा २२ औँ संस्करणको विश्वकप फुटबल आउन अब तीन महिनाभन्दा कम समयमात्र बाँकी छ ।

विश्वकप दाबेदारबारे आ–आफ्नै धारणा आइरहेका छन् । अधिकांशले ब्राजिल, फ्रान्स, इंग्ल्याण्ड, स्पेन, अर्जेन्टिना, बेल्जियम, जर्मनी र पोर्चुगल भित्रैबाट दाबेदारको नाम लिइरहेका छन् ।

यसैबीच अर्जेन्टिनाका पूर्वकप्तान जाभियर मास्चेरानोले पनि विश्वकप दाबेदारबारे आफ्नो धारणा राखेका छन् ।

एक सञ्चारमाध्यमसँग कुरा गर्दै उनले दुई पटकको विजेतासमेत रहेको आफ्नै देश अर्जेन्टिनालाई प्रमुख दाबेदार मानेका छन् । पछिल्लो समय अर्जेन्टिनाले आफ्नो ‘क्लियर आइडिया’ पक्रिएको बताउँदै उनले भने, ‘योपटक मलाई यो अर्जेन्टिनी टोलीबाट धेरै आशा छ ।’

सन् २००६ देखि १८ सम्म लगातार चारवटा विश्वकप खेलेका मास्चेरानोले आफ्नो देशको चिरप्रतिद्धन्द्धीसमेत रहेको सर्वाधिक विजेता ब्राजिललाई भने दाबेदारको छैटौं स्थानमा मात्र राखेका छन् ।

The tension between Neymar and Mascherano in the Brazil-Argentina

यस्तै, उनले साविक तथा दुई पटकको विजेता फ्रान्सलाई दोस्रो, सन् २०१० को विजेता स्पेनलाई तेस्रो, बेल्जियमलाई चौथो र सन् १९६६ को विजेता इंग्ल्याण्डलाई पाँचौ स्थानमा राखेका छन् ।

मास्चेरानोले अधिकांश फुटबल पण्डित र पूर्वखेलाडीहरूले दाबेदार मानेका चार पटकको विजेता जर्मनी र क्रिस्टियानो रोनाल्डोको पोर्चुगलको भने नामसमेत लिएनन् ।

This sadness will last for life: Mascherano | Deccan Herald

सन् २०१४ को फाइनलमा मास्चेरानोसहितको अर्जेन्टिनालाई नै हराएर जर्मनीले चौथो विश्वकप जितेको थियो ।

ग्वार्डिओलाले छाने विश्वकप जित्ने ३ दाबेदार, यी ५ ठूला टोलीको नामै लिएनन्

विश्वकप तयारीका लागि अर्जेन्टिनाले बल्ल पायो प्रतिद्धन्द्धी

किन पटक–पटक रद्द भइरहेछ ब्राजिल र अर्जेन्टिनाबीचको खेल ?