NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

सार्वजनिक सुनुवाइ र यसको महत्त्वबारे सहसचिव पाण्डेको समाधान

काठमाडौं । जनतामा विश्वास देखिन्छ–लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा नेपाल सरकारका सहसचिव टोकराज पाण्डेले सार्वजनिक सुनुवाइ र यसको महत्त्वबारे समाधान पस्किनुभएको छ ।

१. सार्वजनिक सुनुवाइ भनेको के हो ? यसको महत्त्व उल्लेख गर्दै सार्वजनिक सुनुवाइ प्रक्रिया उल्लेख गर्नुहोस् ? १०

जनताको अदालत सार्वजनिक सुनुवाइ

सार्वजनिक निकायले गर्ने काम कारबाहीका सम्बन्धमा सार्वजनिक पदाधिकारी र सरोकारवाला निकायहरूबीच हुने प्रत्यक्ष अन्तरक्रियालाई सार्वजनिक सुनुवाइ भनिन्छ । सरोकारवाला र सार्वजनिक पदाधिकारीहरूको उपस्थितिमा सार्वजनिक स्थलमा छलफल तथा प्रश्नोत्तरको माध्यमबाट सार्वजनिक सुनुवाइ गरिन्छ । सार्वजनिक सुनुवाइलाई नागरिकको सूचनाको हकको प्रवर्द्धन गर्ने माध्यमको रूपमा लिइन्छ भने सार्वजनिक सुनुवाइले सुशासनको मान्यतालाई आत्मसात् गरेको हुन्छ ।

व्यवस्थापकीय नेतृत्वको कार्य र सार्वजनिक व्यवस्थापनको प्रश्न, सहसचिव डा. पाण्डेको समाधान

सार्वजनिक सुनुवाइको महत्त्व
– सार्वजनिक सुनुवाइ जनताको अदातल हो ।
– सार्वजनिक सुनुवाइबाट जनताको सूचनाको हकको प्रवर्द्धन हुन्छ।
– सार्वजनिक निकायबाट हुने सेवा प्रवाहमा देखिएका समस्याको निराकरणमा सार्वजनिक सुनुवाइले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।
– सार्वजनिक सुनुवाइबाट सेवाग्राही वा लाभग्राहीको गुनासो सुन्न र सन्तुष्टिको अवस्था थाहा पाउन सकिन्छ ।
– सार्वजनिक निकाय र नागरिकहरूबीच दोहोरो संवाद स्थापित हुन्छ।
– भ्रष्ट्राचार र अनियमितता अन्त्य गर्दै पारदर्शी शासनको प्रवर्द्धनमा टेवा पुर्याउँदछ ।
– सेवाप्रदायक र सेवाग्राहीबीचको सम्बन्धलाई समुधुर बनाउँदछ।
– समग्रमा सुशासन अभिवृद्धिमा टेवा पुग्दछ ।

पदसोपान पद्धतिका मान्यता र निर्णय प्रक्रियाबारे सहसचिव पाण्डेको समाधान

सार्वजनिक सुनुवाइ प्रक्रिया

क. सार्वजनिक सुनुवाइलाई कानुनी रूपमा व्यवस्था गर्ने
ख. सार्वजनिक सुनुवाइको तयारी गर्ने

– सरोकारवाला सेवाप्रदायक र लाभदायकको पहिचान गर्ने
– सार्वजनिक सुनुवाइ सञ्चालन र सहजीकरण टोली बनाउने र कार्यविभाजन गर्ने
– आवश्यक बजेट र स्रोत साधनहरूको व्यवस्था गर्ने
– सूचना तथा तथ्यांक संकलन गर्ने
– सुनुवाइको सूचकहरू तयार गर्ने
– सुनुवाइ हुने स्थान, समय निर्धारण गरी सरोकारवालाहरूलाई आमन्त्रण गर्ने

क. सार्वजनिक सुनुवाइका लागि भेला सञ्चालन गर्ने

ख. सुनुवाइमा उठेका विषयवस्तुलाई समेटी प्रतिवेदन तयार गर्ने

ग. सुधारका विषयहरू र सिफारिस कार्यान्वयनको अनुगमन गर्ने

निष्कर्ष :

सेवा प्रवाहको स्थितिलाई प्रभावकारी र गुणस्तरीय बनाई सार्वजनिक पदाधिकारीहरूमा जिम्मेवार बन्ने संस्कार बसाउन तथा नागरिकको सन्तुष्टिलाई मुखरित गर्न सार्वजनिक सुनुवाइ गरिन्छ । यसबाट सार्वजनिक निकायको सेवा थप जनमुखी पारदर्शी र छिटो छरितो हुनुका साथै सरकार र नागरिकबीचको सम्बन्ध पनि बलियो हुन्छ ।

अधिकार प्रत्यायोजन र समन्वयका तरिकाबारे सहसचिव पाण्डेको समाधान

२. कार्यसम्पादन मूल्यांकन भनेको के हो ? यसका विधि उद्देश्य र प्रक्रियाबारे चर्चा गर्नुहोस् । १०

सम्पादित कार्यको मूल्यांकन, कार्यसम्पादन मूल्यांकन

संगठनमा कार्यरत कर्मचारीलाई तोकिएको काम निर्धारित समय, लागत गुणस्तर र प्रक्रियामा सम्पन्न भएको छ वा छैन भनी व्यवस्थापकद्वारा कर्मचारीको कार्यको मूल्यांकन गर्ने कार्यलाई नै कार्यसम्पादन मूल्याकन भनिन्छ ।

यसमा QTQC अर्थात् (Quality time Quantity Cost) को आधारमा कर्मचारीको मूल्यांकन गरिन्छ ।

– कुनै पनि कर्मचारीले सम्पादन गरेको कार्यलाई लक्ष्यसँग तुलना गर्ने कार्यको रूपमा कार्यसम्पादन मूल्यांकन (कासमू) लाई लिने गरिन्छ ।

– कार्य उपलब्धिको उचित मूल्यांकन गरी लाभ र लागतको तुलना तथा विश्लेषण गर्न कासमू महत्त्वपूर्ण हुन्छ ।

अर्थिक नीति र व्यवस्थापन परीक्षणबारे सहसचिव टोकराज पाण्डेको जवाफ

कार्यसम्पादन मूल्यांकनको विधि

निरपेक्ष विधि
अङ्क प्रदान गरेर
मन्तव्य लेखेर
ग्राफिकमापन विधिको प्रयोग गरेर
विभिन्न विकल्पहरूको छनोट गरेर

सापेक्ष विधि

Pair ranking

Individual ranking विधि

Group ranking विधि

Personality traits

कार्यसम्पादन मूल्याङ्कनको उद्देश्य

– संगठनमा कार्यरत कर्मचारीको कार्यसम्पादनमा सुधार गर्न
– संगठनमा कार्यरत कर्मचारीको वृत्ति विकासको अवसर पत्ता लगाउन
– संगठनमा कार्यरत कर्मचारीलाई आवश्यक क्षमता विकासको अवसर पत्ता लगाउन
– संगठनमा कार्यरत कर्मचारीको सरुवा वा बढुवाको आधार तयार गर्न
– सम्पादित कार्यको मुल्याङ्कन गर्न
– सम्पादन गर्नुपर्ने कार्यको नियन्त्रण गर्न
– संगठनमा कार्यरत कर्मचारीको व्यावसायिकताको विकास गर्न
–संगठनमा कार्यरत कर्मचारीलाई काम प्रति उत्प्रेरित गरी सांगठनिक लक्ष्य हासिल गर्न
– संगठनमा आइपर्ने भावी कार्ययोजना तयार गर्न
– कार्यसम्पादनमा आधारित दण्ड पुरस्कार प्रणाली लागू गर्न

कार्यसम्पादन मूल्यांकनको प्रक्रिया

– सम्पादन गर्नुपर्ने कार्यको मापदण्ड निर्धारण गर्ने
– कर्मचारीलाई कामको जानकारी दिने
– सम्पादित कार्यको मूल्यांकन गर्ने
– सम्पादित कामलाई लक्ष्य वा मापदण्डसँग तुलना गर्ने
– मूल्यांकनपश्चात कर्मचारीलाई आवश्यक पृष्ठपोषण दिने
– कर्मचारीलाई सम्पादित काममा गर्नुपर्ने सुधारात्मक कदमहरूबारे जानकारी गराउने

अन्त्यमा,

कार्यसम्पादन मूल्यांकन संगठनको लक्ष्य र व्यक्तिको कामबीच तुलना गर्ने एउटा विधि हो । कासमूले सम्पादित कार्यको मूल्यांकन गर्दै कार्यहरूको नियन्त्रण पनि गर्दछ ।कर्मचारीको वृत्ति विकासका आधारहरू निर्धारण गर्न कासमू महत्त्वपूर्ण विधि भएकाले यसलाई वैज्ञानिक र व्यवहारिक बनाउँदै लैजान आवश्यक छ ।

(हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन् कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना [email protected] मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासकसमक्ष राखेर उहाँहरूले पहिल्याएकाे समाधान यहाँहरूसमक्ष पस्किने छौं ।)

लोक सेवाका दुई प्रश्न, सहसचिव पाण्डेकाे समाधान

शक्ति पृथकीकरणका आयाम र कर्मचारी उत्प्रेरणाबारे सहसचिव डा. टोकराज पाण्डेको जवाफ