NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

दाजु–बहिनी नै सचिव

गत २२ असारमा सचिवबाट रिटायर्ड भएका महेन्द्र गुरागाईंको परिवार नै सरकारी सेवामा छ । हाल स्वास्थ्यसचिव देवकुमारी गुरागाईं उनकी बहिनी हुन् । उनी बहाल छँदा दाजु–बहिनी नै सचिव रहेको भन्दै निजामती वृत्तमा चर्चा हुन्थ्यो ।

दाजु–बहिनी नै सचिव भएको दुर्लभ संयोग थियो । महेन्द्रपछिका भाइ पुष्प गुरागाईं राजस्व न्यायाधिकरणमा उपसचिव छन् । त्यसपछिकी हुन् देवकुमारी । देवकुमारीपछिका झइन्द्र गुरागाईं कानुन मन्त्रालयमा उपसचिव छन् ।

पाँच छोरा र चार बुहारी हाकिम, कान्छी बुहारी मन्त्री

बहिनी सरस्वती गुरागाईं शिक्षक सेवा आयोगको परीक्षामा नाम निकालेर विद्यालय निरीक्षक छिन् (शाखा अधिकृत सरह) । उनीपछिकी बहिनी दोनुका गुरागाईं भने एक विद्यालयमा पढाउँछिन् । कान्छो भाइ चिरञ्जीवी गुरागाईं चलचित्र विकास बोर्डमा शाखा अधिकृत छन् ।

गुल्मीका महादेव पन्थ र रविलाल पन्थ दाजुभाइ हुन् । दाइ महादेव सहसचिव हुन् भने भाइ रविलाल सचिव । महादेव हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रादेशक समन्वय तथा योजना महाशाखा प्रमुख हुन् भने रविलाल सचिवमा बढुवा भएर हाल गण्डकी प्रदेशमा प्रमुख सचिव छन् ।

बाग्लुङका सहसचिव प्रकाश पौडेल र उपसचिव सन्तोष पौडेल दाजुभाइ हुन् । प्रकाश हाल रक्षा मन्त्रालयमा छन् भने सन्तोष प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत छन् ।

 

नयाँ पत्रिकाबाट

निजामती सेवामा ८६ हाकिम दम्पती

भाग्यमानी भट्टराई जसका ६ छोरी र पाँच ज्वाइँ छन् निजामती सेवामा